स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु, ३९ घाइते

हिमाल प्रेस ९ मंसिर २०८० २०:२८
10
SHARES
स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु, ३९ घाइते

उदयपुर- त्रियुगा नगरपालिका-५ देउरीको अन्नपूर्ण स्कुलको बस शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो। दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ। सातबर्से सन्ध्या चौधरी र ६ बर्से विकास चौधरीको मृत्यु भएको छ।

घाइते विद्यार्थीको जिल्ला प्रहरी र स्थानीयको सहयोगमा जिल्ला अस्पताल उदयपुर ल्याई उपचार सुरु गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए। गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

प्रकाशित: ९ मंसिर २०८० २०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =