फिल्म निर्माताले ५० प्रतिशत सेयर पाउने

हिमाल प्रेस ८ मंसिर २०८० १२:३१
6
SHARES
फिल्म निर्माताले ५० प्रतिशत सेयर पाउने

काठमाडौँ- अब नेपाली फिल्म निर्माताले हलबाट ५० प्रतिशत सेयर पाउने भएका छन्। नेपाल चलचित्र संघ र नेपाल निर्माता संघबीच सेयर बाँडफाँडको विषयमा यस्ताे सहमति भएको हो।

अब निर्माताहरुले फिल्म प्रदर्शन गरेबापत सधैं ५० प्रतिशत सेयर पाउने निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए। तीन दिनको छलफलपछि नेपाली फिल्मलाई ५० प्रतिशत सेयर दिने सहमति भएको हो। दुई संस्थाबीच सहमति पत्रमा हस्ताक्षर समेत गरिएको छ।

फिल्म प्रदर्शनपछि निर्माताहरूले पाउने सेयर रकममा ‘दिमाग खराब’ टिमले असन्तुष्टि जनाउँदै विद्रोह गरेको थियो। निर्माता रौनक विक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले सिनेमा हलमा प्रदर्शन भएसम्म ५० प्रतिशत सेयर पाउनुपर्ने माग राख्दै विज्ञप्ति सार्वजनिक थिए।

उनीहरूले ५० प्रतिशत सेयर नपाए फिल्म प्रदर्शन नै रोक्ने चेतावनी दिएका थिए। यसअघि प्रदर्शक र निर्माताले प्रदर्शनको पहिलो र दोस्रो हप्ता ५०–५० प्रतिशत सेयर बाँडफाँड गरिन्थ्यो। तर, तेस्रो हप्तादेखि निर्माताले ३५ प्रतिशत र प्रदर्शकले ६५ प्रतिशत सेयर पाउँथे।

यससँगै ‘दिमाग खराब’को प्रदर्शन निरन्तर छ। सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्मले हलमा पनि राम्रो व्यापार गरिरहेको छ। तेस्रो हप्तामा प्रदर्शनरत फिल्मले सात करोड ग्रस कलेक्सन गरेको निर्देशक निश्चल बस्नेतले सामाजिक सञ्जालमार्फत फिल्मको पोस्टर सार्वजनिक गरेका छन्।

प्रकाशित: ८ मंसिर २०८० १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =