राजदूत अधिकारी र पाकिस्तानका विदेशमन्त्रीबीच भेटवार्ता

हिमाल प्रेस ८ मंसिर २०८० ११:५०
6
SHARES
राजदूत अधिकारी र पाकिस्तानका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– पाकिस्तानका लागि नेपालका राजदूत तपश अधिकारी र पाकिस्तानका विदेशमन्त्री जलील अब्बास जिलानीबीच भेटवार्ता भएको छ।

इस्लामावादमा भएको शिष्टाचार भेटमा दुई पक्षबीच नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो। उनीहरूबीच आपसी हितका लागि सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो।

व्यापार र पर्यटनमा प्रचुर सम्भावना रहेको अनुभूत गर्दै नेपाल र पाकिस्तानबीच आर्थिक सहयोग अभिवृद्धि गर्ने उपायबारे पनि दुवै पक्षले छलफल गरेका छन्। उनीहरूले सार्क र क्षेत्रीय सहयोगका साथै आगामी कोप–२८ का बारेमा पनि आफ्नो धारणा राखेका थिए।

भेटमा पाकिस्तानको परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरुको उपस्थितिसमेत थियो।

प्रकाशित: ८ मंसिर २०८० ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =