यस्तो छ रोहित र बाबरको कप्तानीमा भएका पछिल्ला ५ खेलको नतिजा

हिमाल प्रेस १२ भदौ २०८० १९:२२
42
SHARES
यस्तो छ रोहित र बाबरको कप्तानीमा भएका पछिल्ला ५ खेलको नतिजा

काठमाडौँ- बुधबार दिउँसो सवा ३ बजेदेखि नेपाल र पाकिस्तानबीच एसिया कप प्रतियोगिताअन्तर्गत पहिलो खेल हुँदैछ। आईसीसीको पूर्ण सदस्य टिम पाकिस्तान र एसोसिएट टिम नेपालबीचको खेल क्रिकेटप्रेमी तथा समर्थकका लागि बहुप्रतिक्षित बनेको छ।

एसिया कपको पूर्वसन्ध्यामा अफगानिस्तासँगको तीन एक दिवसीय खेलको श्रृंखला क्लिन स्विप गर्दै पाकिस्तान आईसीसी वरियतामा नम्बर एक टिम बनेको छ।

पाकिस्तानले पछिल्लो समय खेलेका ५ खेलमध्ये ४ खेल जितेको छ। पछिल्लो समय यही अगस्ट २२ तारिखदेखि २६ तारिखसम्म भएको अफगानिस्तानसँगको तीन खेलको श्रृंखला पाकिस्तानले जितेको थियो। पहिलो खेलमा २०१ रनको औसत लक्ष्य दिएको पाकिस्तानले अफगानिस्तानलाई केवल ५९ रनमा अलआउट गर्दै १४२ रनले जितेको हो।

त्यस्तै दोस्रो खेलमा अफगानिस्तानले ३०१ रनको लक्ष्य दिएकोमा पाकिस्तानले अन्तिम १ बल बाँकी राख्दै ९ विकेट गुमाएर ३०२ रन बनाउँदै रोमाञ्चक जित निकाल्यो। श्रृंखलाको अन्तिम खेलमा अफगानिस्तानलाई २६९ रनको लक्ष्य दिएको पाकिस्तानले ५९ रनले जित्यो।

अफगानिस्तान २०९ रनमै अलआउट हुँदा पाकिस्तानले ३ खेलको श्रृंखला क्लिन स्विप गरेको हो। त्यसभन्दा अघि मे ७ तारिखमा न्युजिल्याण्डसँग ४७ रनले हारेको पाकिस्तानले मे ५ तारिखमा न्युजिल्याण्डलाई १०२ रनले हराएको थियो।

पाकिस्तानले अप्रिल/मे मा न्युजिल्याण्डसँग ५ म्याचको एक दिवसीय श्रृंखला खेलेको थियो। समग्रमा पछिल्लो ५ एक दिवसीयमा पाकिस्तानले ४ खेल जितेको छ। नेपालले पछिल्लो ५ एक दिवसीयमा २ खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ।

यही वर्ष सेप्टेम्बरमा हुन लागेको विश्वकप छनोट प्रतियोगितामा वेस्ट इण्डिज, नेदरल्याण्ड्स र आयरल्याण्डसँग नेपाल पराजित भएको थियो। सोबाहेक युनाइटेड अरब इमिरेट्स (यूएई) र अमेरिकासँग नेपालले जितेको थियो। विश्वकप छनोटमा आयरल्याण्डलाई नेपालले २६९ रनको लक्ष्य दिएको थियो।

सो लक्ष्य पछ्याउन आयरल्याण्डलाई धौधौ परेको थियो। अन्तिम ओभरमा पुगेको खेलमा आयरल्याण्डले ४ बल बाँकी हुँदा २ विकेटले जितेको थियो। उक्त प्रतियोगितामा नेपालले जिम्बाबे र वेस्ट इण्डिजसँग राम्रो प्रदर्शन गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 14 =