राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच भेट

हिमाल प्रेस २४ साउन २०८० २१:०२
8
SHARES
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच भेट

काठमाडाैँ- राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले भेट गरेका छन्। साे अवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद् र संसदीय गतिविधिबारे विचारविमर्श गरिएको थियो।

उनीहरूले पारस्परिक हित र चासोका अन्य विषयमा पनि छलफल गरेका थिए। अध्यक्ष तिमिल्सिनालाई पाकिस्तानी सिनेटका अध्यक्ष मुहम्मद सदिक सञ्जरानीका तर्फबाट पाकिस्तान भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गरे। सिनेटका अध्यक्षले भ्रमणका लागि आमन्त्रण गरेकाेमा आभार व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले उपयुक्त समयमा भ्रमण गर्ने जानकारी राजदूत हास्मीलाई दिए।

प्रकाशित: २४ साउन २०८० २१:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 9 =