सहरमा आज :

दोस्रो सातामा ‘दिमाग खराब’ भर्सेस ‘टाइगर ३’

सुस्मिता बजगाईं २ मंसिर २०८० ६:३८
10
SHARES
दोस्रो सातामा ‘दिमाग खराब’ भर्सेस ‘टाइगर ३’

काठमाडौँ– नेपालीहरूको महान् चाडपर्व दसैँ र तिहार सकिएलगत्तै उपत्यकामा फर्कने मानिसको लर्को छ। आज शनिबार। पर्व मनाउन उपत्यकामै बस्नेहरूको लागि हलमा नेपाली हिन्दी र अंग्रेजी फिल्म प्रदर्शन भइरहेको छ।

सो र सेयर बाँडफाँटमा विवादित बनिरहेको फिल्म ‘दिमाग खराब’ र बलिउड फिल्म ‘टाइगर ३’ दोस्रो सातामा प्रदर्शनरत छ। अन्य हलिउड फिल्म ‘द हंगर गेम्सः द ब्यालाड अफ सङ्बड्र्स एन्ड स्नेक्स’ र ‘द मार्वल्स’ प्रदर्शनरत छन्।

कुन हलमा कुन फिल्म?

दिमाग खराब

कात्तिक २४ देखि फिल्म ‘दिमाग खराब’ प्रदर्शन भइरहेको छ। जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्। फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नविन खड्कालगायतको अभिनय छ।  मनोज पण्डितको स्क्रिप्ट डाक्टर रहेको फिल्ममा आकाश बरालले पटकथा लेखेका छन्। फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन्।

आज उपत्यकामा क्यूएफएक्स अन्तर्गत लबिम मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल र दरबार सिनेम्याक्समा फिल्मको सो छ।  आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, एफक्यूब सिनेमाज, क्यूज सिनेमाज, बिएसआर मुभिज, सीडीसी सिनेमाजमा फिल्म ‘दिमाग खराब’ चलिरहेको छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सिके सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘दिमाग खराब’ चलिरहेको अन्य हल हुन्।

बासेन्जी

असोज २६ देखि फिल्म ‘बासेन्जी’ प्रदर्शन भइरहेको छ। यो नेपालमा पहिलोपटक भिडियो गेम शैलीमा बनेको फिल्म हो। यसको निर्देशन अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टले गरेका हुन्।
फिल्ममा मिथिला शर्मा, सरिता गिरी, असीम निरौला, सुप्रिम राई, मोक्ष अधिकारी, अंकित खड्का, प्रवेश उप्रेती, प्रतिक दुलाल, सुदीपा पाठक, निरु खड्कालगायत कलाकारको अभिनय छ। फिल्म गौरीशंकर इन्टरटेनमेन्टले निर्माण गरेको हो। उपत्यकामा शनिबार रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो छ।

टाइगर ३

बलिउड फिल्म ‘टाइगर ३’ कात्तिक २६ देखि प्रदर्शन भइरहेको छ। थ्रिलर एक्सन र एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक मनिष शर्मा हुन्। आदित्य चोपडाले निर्माण गरेको फिल्ममा सलमान खान, कट्रिना कैफ, इमरान हासमीलगायत कलाकारको अभिनय छ। फिल्म सन् २०१२ मा प्रदर्शन भएको ‘एक था टाइगर’ र सन २०१७ को ‘टाइगर जिन्दा है’ को तेस्रो सिक्वेल हो।

आज उपत्यकामा क्यूएफएक्स सिनेमा अन्तर्गत भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल, छाया सेन्टर र दरबार सिनेम्याक्समा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, बिग मुभिज, क्यूज सिनेमाज, बिएसआर मुभिज, सीडीसी सिनेमाज, सिके सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा बलिउड फिल्म ‘टाइगर ३ प्रदर्शन भइरहेको छ।

द हंगर गेम्स : द ब्यालाड अफ सङ्बड्रस एन्ड स्नेक्स

मंसिर एक गतेदेखि नेपाली हलहरूमा हलिउड फिल्म ‘द हंगर गेम्स : द ब्यालाड अफ सङ्बड्र्स एन्ड स्नेक्स’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक फ्रान्सिस लरेन्स हुन्।  एडभेन्चर र ड्रामा जनरामा बनेको फिल्मको कथावस्तु सुजैन कलिन्स लिखित सन् २०२० को उपन्यास ‘द ब्यालाड अफ सङ्बड्र्स एन्ड स्नेक्स’मा आधारित छ। यो फिल्म सन् २०१२ मा प्रदर्शन भएको ‘हंगर गेम्स’को प्रिक्वेल हो भने ‘हंगर गेम्स’ शृंखलाको फिल्म हो। फिल्ममा टम ब्लिथ, रेचेल जेगलर, हन्टर स्याफरलगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स अन्तर्गत दरबार सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्समा हलिउड फिल्म ‘द हंगर गेम्सः द ब्यालाड अफ सङ्बड्र्स एन्ड स्नेक्स’ चलिरहेको छ।

द मार्वल्स

कात्तिक २४ गतेदेखि हलिउड फिल्म ‘द मार्वल्स’ नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एड्भान्चर जनरामा बनेको फिल्म निया डाकोस्टाले निर्देशन गरेका छन्। फिल्ममा ब्री लार्सन, इमान भेलानी, टेयोना पेरिस, सैमुएल एल ज्याक्सनलगायतका कलाकारहरूको अभिनय छ। आज उपत्यकामा क्यूएफएक्स अन्तर्गत दरबार सिनेम्याक्स, लबिम मल, छाया सेन्टर र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र एफक्यूब सिनेमाजमा हलिउड फिल्म ‘द मार्वल्स’ चलिरहेको छ।

प्रकाशित: २ मंसिर २०८० ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =