भक्तपुरमा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस १ मंसिर २०८० ७:५६
4
SHARES
भक्तपुरमा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ- भक्तपुरमा तेल ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

बिहीबार राति पौने ६ बजे मध्यपुर ठिमी नगरपालिका-१, लोकन्थली चोकमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

जडिबुटीबाट भक्तपुरतर्फ जाँदै गरेको ना ७ ख ४७७४ नम्बरको ट्यांकरले बा ७३ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकल चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-४ ठूलो सिरूवासी घर भई सूर्यविनायक नगरपालिका-३ बालकोट बस्ने ४१ वर्षीय हरिशरण पुरी गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि मध्यपुर ठिमी अस्पताल लगिएको थियो। त्यहाँ उपचारका क्रममा बेलुकी ७ बजे मृत्यु भएको डिएसपी पाठकले बताए।

ट्यांकर र चालक बलेफी गाउँपालिका-२ बस्ने ४५ वर्षीय तुलबहादुर माझीलाई प्रहरी वृत्त ठिमीमा राखिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: १ मंसिर २०८० ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =