खैरेनीमा बस दुर्घटना

हिमाल प्रेस १ मंसिर २०८० ६:५८
6
SHARES
खैरेनीमा बस दुर्घटना

काठमाडौँ- रुपन्देहीको देबदहमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। पश्चिमबाट काठमाडौंतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख २१३१ नम्बरको बस गएराति देवदह नगरपालिकाको खैरेनीमा दुर्घटना भएको हो।
दुर्घटनामा २० यात्रु घाइते भएका छन् । जसमध्ये २ जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक महेश पाठकले जानकारी दिए ।

गाडीमा ३८ यात्रु सवार थिए । घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गाडी चालक प्यूठान झिमरुक गाउँपालिका वडा नम्बर ३ का प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: १ मंसिर २०८० ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 3 =