जुवातास र लंगुरबुर्जा खेल्ने १६५ जना पक्राउ

हिमाल प्रेस ३० कार्तिक २०८० १७:२४
16
SHARES
जुवातास र लंगुरबुर्जा खेल्ने १६५ जना पक्राउ फाइल तस्बिर

काठमाडौँ- जुवातास तथा लङ्गुरबुर्जा खेलेको आरोपमा १६५ जना पक्राउ परेका हुन्। काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। कार्यालयले बिहीवार एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ११ गतेदेखि ३० गते बिहान ९ बजेसम्म जुवातास तथा लङ्गुरबुर्जा खेल्ने १६५ सहित अन्य विभिन्न घटनामा संलग्न रहेको आरोपमा करिब ३०० जनालाई पक्राउ गरिएको जानकारी दिएको हो।

प्रहरीले दिएको जानकारी अनुसार काठमाडौंका १२, ललितपुरका २ र भक्तपुरका २ स्थानबाट उनीहरू पक्राउ परेका हुन्। उक्त स्थानबाट ६९ बुक तास, चेक २० हजार र नगद २१ लाख एकहत्तर हजार ३ सय ३५ रुपैयाँ बरामद भएको छ।

यस्तै कौडा खेल्ने कार्यमा संलग्न ३२ जना पक्राउ परेका छन्। काठमाडौं र ललितपुरका १/१ स्थानबाट पक्राउ परेका उनीहरूको साथबाट १२ लाख ९१ लाख ५ सय ५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०८० १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =