रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड

हिमाल प्रेस २९ कार्तिक २०८० १५:४५
10
SHARES
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड तस्बिर : रासस

काठमाडौँ- प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड रहेको छ।

भाइटीकाको अवसरमा आज बुधबार बिहानैदेखि सर्वसाधरणका लागि मन्दिर खुला गरिएको थियो।

बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने गर्छ। सो मन्दिरमा भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा पुगेर पूजा आराधना गरेर टीका लगाउने गर्छन्।

२०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो। भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ मा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ। रासस

प्रकाशित: २९ कार्तिक २०८० १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 18 =