टिकटक बन्द गर्नु सरकारको उल्टो कदम : गगन थापा

हिमाल प्रेस २७ कार्तिक २०८० १४:३० | Monday, November 13, 2023
टिकटक बन्द गर्नु सरकारको उल्टो कदम : गगन थापा

काठमाडौँ-  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको टिप्पणी गरेका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

महामन्त्री थापाले भनेका छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो।’ उनले यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि सरकारको नियतको विषय रहेको थापाको भनाइ छ।

उनले भनेका छन्, ‘यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनुपर्छ। यसमा किन्तु परन्तु केही पनि चल्दैन।’

मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालका रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने र यससम्बन्धी व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने निर्णय गरेको थियो।

यस कारण बन्द गरियो टिकटक

प्रकाशित: २७ कार्तिक २०८० १४:३० | Monday, November 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast