अन्नपूर्ण क्षेत्रमा एक महिनामा पुगे २४ हजार पर्यटक

हिमाल प्रेस ४ मंसिर २०८० १७:०० | Monday, November 20, 2023
अन्नपूर्ण क्षेत्रमा एक महिनामा पुगे २४ हजार पर्यटक कास्कीको अन्नपूर्ण क्षेत्र। तस्बिर : रासस

काठमाडौँ– कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्यटकको आकर्षण बढेको छ। कात्तिकयता अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक पुगेका हुन्। पर्यटकको संख्या अत्यधिक हुँदा लामो समयपछि पर्यटन व्यवसायीको व्यस्तता पनि बढेको छ।

अन्नपूर्ण घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक छन्। अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’ का प्रमुख डा.रविन कडरियाका अनुसार २०८० साल सुरु भएयता वैशाख र असोजपछि कात्तिकमा सबैभन्दा बढी पर्यटक ‘एक्याप’ पुगेका छन्।

दशैँ र तिहार मनाएर पहाड र हिमाल छिचोल्दै रम्नेहरूको संख्या पछिल्लो समय बढ्न थालेको छ। कुनै समय अधिक विदेशी पर्यटक ‘ब्यागप्याक’ बोकेर हिमाल हेर्न पुग्ने गरेको भएपनि पछिल्लो समय आन्तरिक पर्यटकहरूको चहलपहलले त्यस्ता क्षेत्रमा पर्यटनको सम्भावना बढाएको छ।

प्रकाशित: ४ मंसिर २०८० १७:०० | Monday, November 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast