एकैदिन प्रदर्शनमा आउँदै ६ हिन्दी फिल्म

हिमाल प्रेस १४ कार्तिक २०८० १३:४९
16
SHARES
एकैदिन प्रदर्शनमा आउँदै ६ हिन्दी फिल्म

काठमाडौँ- दसैँ सकिएको छ, तिहार आउन बाँकी नै छ। आउने शुक्रबार अर्थात् नोभेम्बर ३ मा न कुनै चाड छ, न कुनै पर्व। तैपनि ६ वटा हिन्दी फिल्म एकैचोटि प्रदर्शनमा आउने भएका छन्।

फिल्म ‘थ्री अफ अस’ पनि त्यस दिन सिनेमाघरमा लाग्ने भएको छ। गत वर्ष गोवामा इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको फिल्मले लामो समयसम्म कुनै पनि ओटीटी प्लेटफर्म पाउन सकेन। न कुनै ठूलो प्रोडक्सन हाउसले यसलाई किन्यो। त्यसैले बिनाप्रचार फिल्भ आउँदो शुक्रबार प्रदर्शनमा आउँदैछ।

अर्जुन कपुर र भूमि पेडनेकरको फिल्म ‘द लेडी किलर’ पनि यही दिन रिलिज हुनेछ। अजय बहलको निर्देशन रहेको फिल्मको ट्रेलर अक्टोबर २९ मा सार्वजनिक भएको थियो। ‘आँख मिचौली’ पनि शुक्रबार प्रदर्शनमा आउनेछ। दुई वर्षअघि बनेको फिल्ममा परेश रावल, मृणाल ठाकुरलगायत कलाकार छन्।

राज कुन्द्राको फिल्म ‘युटी ६९’, आशुतोष राणाको ‘लकीरें’ पनि त्यही दिन सिनेमाघरमा लाग्नेछ। अरुण गोविल र दर्शील सफारी अभिनीत ‘हुकुस बुकुस’ पनि नोभेम्बर ३ मा रिलिज हुनेछ।

चल्तीका कलाकार रहेको ६ वटा फिल्म एकैपटक आउनुको एउटै कारण हो, ओटीटी प्लेटफर्म सोनी लिभ र जी फाइभको विलयको खबर। त्यसैले यी दुईले ओटीटीमा रिलिज हुने नयाँ फिल्ममा केही समयका लागि रोक लगाएको छ। त्यसै कारण ६ फिल्म एकसाथ नोभेम्बर ३ मा भारतका सिनेमा हलमा लाग्ने भएका छन्।

यी ओटीटी प्लेटफर्ममा स्वीकृति दिएका वा तिनले लगानी गरेका फिल्ममात्र त्यहाँ रिलिज हुनेछन्। त्यस्तै ठूलो बजेटका फिल्म र सिनेमाघरमा लागिसकेका फिल्म ओटीटीमा आउनेछन्। ओटीटीका नियम परिवर्तनका कारण त्यसका लागि बनेका ६ फिल्म सिनेमाहलमा प्रदर्शनमा आउने भएका छन्।

प्रकाशित: १४ कार्तिक २०८० १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =