फिल्म ‘रङ्गेली’ अमेरिकामा प्रिमियर हुने

हिमाल प्रेस १२ कार्तिक २०८० १४:३९
8
SHARES
फिल्म ‘रङ्गेली’ अमेरिकामा प्रिमियर हुने

काठमाडौँ– छायांकनरत फिल्म ‘रंगेली’ संयुक्त राज्य अमेरिकामा प्रिमियर हुने भएको छ। अमेरिकाका लागि फिल्मको प्रदर्शन अधिकार बिक्री भएसँगै प्रिमियर पनि फाइनल भएको फिल्मका निर्देशक अर्जुन सुवेदीले जानकारी दिए।

निर्माण टिमका अनुसार फिल्म क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्सासस्थित ड्यालसमा रेड कार्पेट प्रिमियर हुनेछ। प्रिमियरमा फिल्मका कलाकार पनि उपस्थित हुनेछन्।

अमेरिकाका लागि फिल्मको प्रदर्शन अधिकार एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्टले खरिद गरेको हो। यसअघि जापान, कोरिया, हङकङ र अस्ट्रेलियामा फिल्मको वितरण अधिकार बिक्री भइसकेको छ।

मोरङको रङ्गेलीलाई केन्द्र बनाएर छायांकन भइरहेको फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन्। निर्देशक सुवेदीकै लेखन रहेको फिल्म आगामी फागुन २५ गतेदेखि देशैभर प्रदर्शन हुनेछ। फिल्ममा दयाहाङ र मिरुनासहित अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकी, रविन बोगटीलगायतको अभिनय रहनेछ।

संसार चौलागाईं र रमेश भट्टराईले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन् भने सहनिर्मातामा युवक कार्की र शिव शंकर चौलागाईं छन्।

फिल्ममा हर्क साउदको शब्द, सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहनेछ। सुशन प्रजापतिले छायांकन गरिरहेका छन्। फिल्म प्लानेट थ्री फिल्म्स् एन्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा निर्माण हुनेछ।

प्रकाशित: १२ कार्तिक २०८० १४:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eight =