तस्बिरमा कांग्रेसको चियापान

हिमाल प्रेस ११ कार्तिक २०८० १५:५४
48
SHARES
तस्बिरमा कांग्रेसको चियापान

काठमाडौँ- नेपाली कांग्रेसले दसैँ, तिहार, नेपाल संवत्को नयाँ वर्ष, छठलगायतका चाडपर्वका अवसरमा शनिबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कांग्रेसले पार्टी मुख्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा आगन्तुकहरूलाई सभापति शेरबहादुर देउवाले स्वागत गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्रत पार्टीका सभापति रवि लामिछाने, सरकारका मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख सहभागी थिए।

यसैगरी लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायी, पेसागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, विभिन्न सञ्चारमाध्यमका प्रमुख, सम्पादक, प्रकाशक एवं पत्रकार, गैरआवासीय नेपालीको संघसंस्थाका प्रमुख, नेपाली कांग्रेसका सदस्य एवं शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको छ।

 

 

तस्बिरहरू : रासस

प्रकाशित: ११ कार्तिक २०८० १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fourteen =