राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

हिमाल प्रेस ६ कार्तिक २०८० १३:२४
6
SHARES
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा बडादसैँका अवसरमा सोमबार नवकन्याको पूजाअर्चना गरेपछि कन्याहरूका साथ राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर : रासस

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले वडादसैँका अवसरमा सोमबार नौ जना कन्याको पूजाअर्चना गरेका छन्। विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे। दसैँका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ। दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ। रासस

प्रकाशित: ६ कार्तिक २०८० १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =