राष्ट्रपति पौडेल र युरोपेली संघका राजदूतबीच भेट

हिमाल प्रेस २३ साउन २०८० १९:१८
4
SHARES
राष्ट्रपति पौडेल र युरोपेली संघका राजदूतबीच भेट

काठमाडाैँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले शिष्टाचार बिदाइ भेट गरेकी छन्।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र युरोपेली संघबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएकाे छ।

साे अवसरमा राष्ट्रपति पौडेलले युरोपेली संघले नेपालको विकास साझेदारका रूपमा पुर्‍याएको सहयोगका लागि धन्यवाद दिए।

प्रकाशित: २३ साउन २०८० १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =