नेपाल जात-धर्ममा मात्र होइन प्रकृति र संस्कृतिमा पनि धनी : राष्ट्रपति पौडेल

हिमाल प्रेस २ वैशाख २०८० १९:५९
6
SHARES
नेपाल जात-धर्ममा मात्र होइन प्रकृति र संस्कृतिमा पनि धनी : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वसामु नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताएका छन्। इन्ट्रा-नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशन अमेरिकाको आयोजनामा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै उनले नेपालमा जात र धर्ममा मात्र नभई प्रकृति र संस्कृतिमा पनि धनी रहेको उल्लेख गरे। नेपालमा विभिन्न परिवारका समुदायको सम्मिश्रित संस्कृति रहेको बताउँदै उनले सबैको मिलनबाट नै नेपालीबीचको एकता बलियो भएको जनाए।

संस्कृतिले नै हामी सबै नेपालीलाई जोड्छ र एकाकार बनाउँछ भन्ने भावका साथ लाग्न संसारका सबै नेपालीलाई उनले आग्रह गरे। राष्ट्रपति पौडेलले नेपालीहरू विश्वका कुना-कुनामा पुगेको बताउँदै विदेशमा रहेर पनि नेपालीहरू आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकामा उक्त फाउन्डेशनको प्रशंसा गरे।

नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्वसामु चिनाउनका लागि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन फाउन्डेशनलाई राष्ट्रपति पौडेलको सुझाव थियो।

नेपाली नपुगेको दुनियाँमा ठाउँ नरहेको र नेपालीहरू जहाँ रहेका भए पनि नेपाली पहिचान र नेपालीपन जोगाएरै बसेका उल्लेख गर्दै उनले विश्वभर रहेका नेपालीहरूलाई भाषा र संस्कृतिका माध्यमबाट एकाकार बनाउन इन्ट्रा फाउन्डेसनले सञ्चालन गरेको विश्वव्यापी अभियानप्रति आभार व्यक्त गरे।

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपाली जातिलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट जोड्नका लागि संसारबाट प्रतिभाहरू छानेर नेपालमै ल्याई यस प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =