पोखरामा मोटरबाइक रेस हुने

हिमाल प्रेस २ कार्तिक २०८० १७:०३
4
SHARES
पोखरामा मोटरबाइक रेस हुने

पोखरा- पोखरामा मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ। नेसनल अटोमोबाइल स्पोटर्स एसोसिएसन मोटर स्पोर्टस् संस्था (नासा) सँग आबद्ध भीआर–४६ मोटर स्पोर्टस् प्रालिले आगामी ८ र ९ मंसिरमा पोखरामा सो रेस गर्न लागेको हो।

इटालियन रेसिङ टिमको नेपाल शाखाका रूपमा रहेको भीआर–४६ मोटर स्पोर्टस्‌का प्रबन्ध निर्देशक माइकल थापाले प्रतियोगितामा करिब १ सयभन्दा बढी प्रतियोगीले भाग लिने जानकारी दिए।

भीआर–४६ मोटर स्पोर्टस् प्रालि इटालीको प्रख्यात मोटरसाइकल राइडर भ्यालेन्टिनो रोस्सीको भीआर रेसिङ टिमसँग आबद्ध छ।

पोखरा रंगशाला वरिपरिको कालोपत्रे सडकमा हुने यो प्रतियोगिता नेपालकै पहिलो ठूलो बाइक रेस हुने थापाको दाबी छ। यसले पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने उनले बताए। उनले भने, ‘अब पोखरा हिमाल र तालले मात्रै चिनिने छैन, साहसिक खेलकुदको उत्कृष्ट खेलमध्यको एक बाइक रेसले पनि विश्वमा चिनिनेछ।’

नेपालमा बाइक संस्कृतिको इतिहास लामो भए पनि यसको खेलकुदको संस्कृति नयाँ भएको जनाउँदै धेरैको रुचिको विषयसमेत भएकाले प्रतियोगितालाई ठूलो आकारमा आयोजना गर्न लागिएको थापाले बताए।

गत वर्ष सानो आकारमा सम्पन्न प्रतियोगिताले पनि आफूहरूलाई दोस्रो संस्करणको तयारीसँगै ठूलो आकारमा आयोजनाका लागि हौसला मिलेको थापाले बताए। संस्थाले विगतमा रोड सेफ्टीका विषयमा समेत धेरै युवालाई प्रशिक्षण प्रदान गरेको उनले जनाए।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। विजेता तीनैजना खेलाडीलाई अन्तर्राष्ट्रिय बाइक रेसको अवसर मिल्नेछ।

प्रतियोगिता सम्पन्न गर्न ३५ लाख खर्च हुने आयोजकको अनुमान छ। यो रेस हेर्न टिकट काट्नुपर्नेछ। साधारणतर्फ २ सय र भीआईपीतर्फ १ देखि ५ हजारसम्मको टिकट बिक्री गरिने तयारी छ।

प्रतियोगितामा १५० सीसी र ६०० सीसी गरी दुई प्रकारका बाइक प्रयोग हुनेछन्।

प्रकाशित: २ कार्तिक २०८० १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =