३ दिनमा १ लाख ५० हजार यात्रु बाहिरिए

हिमाल प्रेस २९ असोज २०८० १६:०६
16
SHARES
३ दिनमा १ लाख ५० हजार यात्रु बाहिरिए

काठमाडौँ- बडा दसैँ मनाउनका लागि ३ दिनमा १ लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्। घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि जन्मथलो जानेको लर्को लागेको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो ३ दिनमा १ लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए। उनका अनुसार असोज २७ बिहान ६ बजेसम्म ४७ हजार ६४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार २७९ र आज बिहान ६ बजेसम्म ५१ हजार ३८७ यात्रु बाहिरिएका छन्।

ट्राफिकले अघिल्लो दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको रेकर्ड राख्दै आएको छ। ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ। चाडपर्वको यातायात सहजताका लागि ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र १ हजार ८०० जनशक्ति परिचालन गरेको प्रवक्ता भट्टले बताए।

सरकारले दसैँकोे यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ।

-रासस

प्रकाशित: २९ असोज २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seventeen =