आज विश्व हात धुने दिवस

हिमाल प्रेस २७ असोज २०८० २३:२९
6
SHARES
आज विश्व हात धुने दिवस

काठमाडौँ- आइतबार विश्व हात धुने दिवस मनाइँदैछ। सन् २००८ यता विश्वभर हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाइँदै आएको छ।

यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो। सन् २००८ मा पहिलोपटक विश्वभर हात धुने दिवस मनाइएको थियो। जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो।

साबुनपानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउँदछ। खाना पकाउनुअघि र पछि, खाना खानुअघि र पछि, शौचालय गएपछि, नाक-मुख-आँखा छोएपछि, खोक्दा वा हाछयुँ गर्दा हातले छोपेपछि हात धुने स्वस्थ बानी सबैले बसाल्न जरुरी छ।

प्रकाशित: २७ असोज २०८० २३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =