कोशीको मुख्यमन्त्री माओवादीको पोल्टामा

हिमाल प्रेस २५ असोज २०८० १४:०५
4
SHARES
कोशीको मुख्यमन्त्री माओवादीको पोल्टामा

काठमाडौँ- कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रको भागमा पर्ने देखिएको छ। आज बिहान बालुवाटारमा भएको सत्तारुढ दलको छलफलमा माओवादीलाई मुख्यमन्त्री दिने सहमति भएको एक नेताले बताए। योसँगै माओवादीबाट नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोले दाबी गर्ने जनाइएको छ।

नेपाली कांग्रेस पनि आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमत भएपछि गठबन्धनका तर्फबाट आङ्बोले मुख्यमन्त्री दाबी गर्न लागेको बुझिएको छ।

कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन्। आङ्बो कोशी प्रदेशका माओवादी संसदीय दलका नेता हुन्। अहिले आङ्बो राप्रपा र एमालेका नेतासँग छलफलमा रहेको बुझिएको छ।

सत्ता गठबन्धनमा मात्र बहुमत नपुग्ने भएपछि राप्रपा वा एमालेलाई रिझाउनु पर्ने बाध्यता आङ्बोमा छ। यसअघि पनि बहुमत नपुगेरै सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापा पदबाट बाहिरिनु प¥यो।

प्रकाशित: २५ असोज २०८० १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fifteen =