एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित

हिमाल प्रेस २० असोज २०८० १४:१०
10
SHARES
एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित

काठमाडौँ- चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हात पारेको छ। नेपालले मंगोलियालाई ३-२ सेटले पराजित गर्दै सान्त्वना जित हात पारेको हो।

जितसँगै नेपाल जारी प्रतियोगितमा ११औँ स्थानमा रहन सफल भएको छ। महिला भलिबलमा १३ मुलुक सहभागी थिए। आजको खेलमा पहिलो सेट मंगोलियाले २५-१७ अंकले जित्यो। दोस्रो सेटमा भने नेपाल २५-१८ अंकले विजयी भयो। तेस्रो सेटमा पनि नेपाल २५-२१ अंकले विजयी बन्यो।

चौथो सेटमा मंगोलियाले नेपाललाई २५-१८ अंकले उछिन्यो। अन्तिम सेटमा नेपाल १५-१२ अंकले विजयी बन्यो। यसअघि शुक्रबार भएको खेलमा नेपाल हङकङसित ३-० को सोझो सेटमा पराजित भएको थियो।

हङकङले नेपाललाई २५-२२, २५-१६ र २५-१८ अंकले पराजित गरेको थियो। यस्तै बुधबार भएको खेलमा नेपाल भारतसित ३-१ सेटले पराजित भएको थियो।

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित ४-२५, १६-२५ र १३-२५ अंकले तथा दोस्रो खेलमा दक्षिण कोरियासित २१-२५, १४-२५ र ११-२५ अंकले पराजित भएको थियो। रासस

प्रकाशित: २० असोज २०८० १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =