एसियाली खेलकुद : अबिनाशको उत्कृष्ट बलिङमा माल्दिभ्स १३८ रनले पराजित, नेपाल क्वार्टरफाइनलमा

हिमाल प्रेस १४ असोज २०८० १०:०३
6
SHARES
एसियाली खेलकुद : अबिनाशको उत्कृष्ट बलिङमा माल्दिभ्स १३८ रनले पराजित, नेपाल क्वार्टरफाइनलमा

काठमाडौँ- १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेटमा आइतबार नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारिता २० ओभरमा २१२ रन बनाएको थियो। २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अलआउट भयो।

चीनको होङ्जाउमा भएको खेलमा नेपालका लागि अबिनाश बोहराले ३.४ ओभरमा ११ रन खर्चेर ६ विकेट लिए। नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी, गुल्शन झा र कुशल भुर्तेलले १-१ विकेट लिए।

यसअघि नेपालले ७ विकेटको क्षतिमा २१२ रन बनाएको थियो। नेपालका कप्तान रोहित पौडेलले २७ बलमा ५२ रन तथा कुशल मल्लले २० बलमा ४७ रनको योगदान दिए। त्यस्तै ओपनर कुशल भुर्तेलले १८ बलमा ३५ तथा गुल्शन झाले २१ बलमा ३५ रनको योगदान दिए।

दिपेन्द्र सिंह ऐरीले २ बलमा १ छक्काको मद्दतले ६ रन बनाए। समूह ‘ए’मा नेपालले पहिलो खेलमा मंगोलियालाई कीर्तिमानसहित पराजित गरेको थियो। माल्दिभ्ससँगको जितसँगै नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

प्रकाशित: १४ असोज २०८० १०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =