नोबेल साहित्य पुरस्कार नर्वेली लेखक फोसालाई

हिमाल प्रेस १८ असोज २०८० २०:५३
16
SHARES
नोबेल साहित्य पुरस्कार नर्वेली लेखक फोसालाई

स्टकहोम (रासस/एएफपी)- समसामयिक विषयमा बहुसङ्ख्यक नाटक लेख्ने नर्वेली लेखक तथा साहित्यकार यून फोसालाई मंगलबार यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको छ।

स्वीडिस एकेडेमीका अनुसार ६४ वर्षीय फोसालाई व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढंगले नाटक तथा काव्यमा प्रस्तुत गर्ने शैलीका लागि पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको हो।

फोसा आफ्नै शैलीमा उपन्यासहरू लेख्छन्, जसलाई फोसाको न्यूनतावाद ९फोसा मिनिमलिजम० को संज्ञा दिइन्छ।

फोसाले यस प्रतिष्ठित पुरस्कार पाउँदा आफू ‘अभिभूत र केही त्रसित’ भएको प्रतिक्रिया दिएका छन्।

फोसाको जन्म सन् १९५९ मा भएको हो। उनका ४० नाटक, केही उपन्यास, निबन्ध, बालबालिकाका पुस्तक र अनुवादहरू प्रकाशित छन्। आगामी डिसेम्बर महिनामा उनलाई एउटा विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिनेछ।

यसअघि नोबेल पुरस्कार समितिले सन् २०२३ को चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फका विजेताको घोषणा गरेको थियो।

अब शुक्रबार शान्ति र सोमबार अर्थशास्त्रतर्फ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिने नोबेल पुरस्कार छनोट समितिले जनाएको छ।

प्रकाशित: १८ असोज २०८० २०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 12 =