प्रधानमन्त्री र कतारका राजदूतबीच शिष्टाचार भेट

हिमाल प्रेस १७ असोज २०८० १७:५७
4
SHARES
प्रधानमन्त्री र कतारका राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ– नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि–अन्सारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार शिष्टाचार भेटवार्ता गरेका छन्। राजदूत अन्सारी प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका हुन्। प्रधानमन्त्री कार्यालयका अनुसार दुई जनाबिच आपसी हितसँग जोडिएका विषयहरूबारे छलफल भएको थियो।

प्रकाशित: १७ असोज २०८० १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =