कोशी प्रदेशका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिने

हिमाल प्रेस १७ असोज २०८० १७:४५
4
SHARES
कोशी प्रदेशका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिने एमाले कोशीका संसदीय दलका नेता हिक्मत कार्की। फाइल तस्बिर।

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिने भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका कार्कीले शनिबार विश्वासको मत लिने भएका हुन्।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि सुरु गरिएको हो। असोज २० गते शनिबार विश्वासको मत लिने तयारी भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

प्रकाशित: १७ असोज २०८० १७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =