सँगै काम गर्दै सनी देओल र आमिर खान

हिमाल प्रेस १६ असोज २०८० १५:०४
8
SHARES
सँगै काम गर्दै सनी देओल र आमिर खान

काठमाडौँ- भारतीय अभिनेता सनी देओल र आमिर खान सँगै काम गर्ने भएका छन्। हालै प्रदर्शनमा आएको ‘गदर २’बाट ठूलो सफलता हात पारेका सनी देओल ‘लाहौर १९४७’मा देखिने भएका छन्।

फिल्म आमिर खान प्रोडक्सनअन्तर्गत बन्नेछ। फिल्मको निर्देशन राजकुमार सन्तोषीले गर्नेछन्। ‘घायल’, ‘घातक’, ‘दामिनी’जस्तो फिल्ममा सनी देओल र राजकुमार सन्तोषीले सँगै काम गरेका छन्। उनीहरू चौथो फिल्ममा सँगै काम गर्न लागेका हुन्।

‘लाहौर १९४७’को आधिकारिक घोषणा भइसकेको छ। फिल्मका लागि आफू पनि उत्साहित रहेको अभिनेता आमिर खानले बताएका छन्।

प्रकाशित: १६ असोज २०८० १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =