कर वृद्वि भएको भन्दै इटहरी-२ को वडा कार्यालयमा तालाबन्दी

हिमाल प्रेस १६ असोज २०८० १२:०८
2
SHARE
कर वृद्वि भएको भन्दै इटहरी-२ को वडा कार्यालयमा तालाबन्दी

इटहरी- इटहरी उपमहानगरपालिका वडा नं २ को कार्यालयमा तालाबन्दी गरिएको छ।

अत्याधिक कर वृद्वि भएको भन्दै इटहरी वडा नं २ को कार्यालयमा स्थानीयबासीहरूले मंगलबार (आज) तालाबन्दी गरेका हुन्। दर्जन बढीको संख्यामा भेला भएका स्थानीयले कार्यालय खुल्नासाथ तालाबन्दी गरेका हुन्।

आज पहिलो दिन १० देखि १२ बजेसम्म तालाबन्दी गरेर वडा तथा पालिकालाई सचेत गराएको स्थानीय गोपाल खड्काले बताए।

मालपोत कार्यालय सुनसरीमा एकथरी मूल्यांकन भएपनि वडा कार्यालय र उपमहानगरले जथाभावी रूपमा घरबाटो सिफारिस कर लिएको भन्दै आफूहरू आन्दोलित बनेको स्थानीय बाबुराम दंगालको भनाइ छ।

स्थानीयले उठाएको माग सुनुवाइ नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने उनको भनाइ छ।

प्रकाशित: १६ असोज २०८० १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =