जिडब्लुएमको ‘टेस्ट ड्राइभ क्याम्प’ हुँदै

हिमाल प्रेस १४ असोज २०८० ११:१०
जिडब्लुएमको ‘टेस्ट ड्राइभ क्याम्प’ हुँदै

काठमाडौँ- नेपालमा जिडब्लुएम सवारी साधनको आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले ‘टेस्ट ड्राइभ क्याम्प’ गरिरहेको छ।

कम्पनीले आफ्ना प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप पावर र विद्युतीय ओरा ०३ लगायत सवारीसाधनका लागि ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ गरिरहेको हो।

शुक्रबार (असोज १२ गते)देखि भएको क्याम्प असोज १८ गतेसम्म चल्नेछ। क्याम्प जिडब्लुएमको काठमाडौँस्थित थापाथली शोरुम र भक्तपुर शोरुममा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चलिरहेको छ।

उक्त क्याम्पबाट ग्राहकले कार टेस्ट ड्राइभ गर्न तथा एक्सचेन्जकोे अवसर पाउने कम्पनीले जानकारी दिएको छ। क्याम्पले कार ग्राहकलाई स्लीक हाभल एसयूभीदेखि शक्तिशाली ओरा ०३ ईभी र पोयरजस्ता सवारीसाधन परीक्षण गर्ने मौका प्रदान गर्ने कम्पनीको भनाइ छ।

प्रकाशित: १४ असोज २०८० ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =