कोशी प्रदेश : दलको उपनेताबाट राजीनामा दिएर केदार पक्षमा खुले हिमाल कार्की

विवेक विवश रेग्मी २५ असोज २०८० १९:१८ | Thursday, October 12, 2023
कोशी प्रदेश : दलको उपनेताबाट राजीनामा दिएर केदार पक्षमा खुले हिमाल कार्की

इटहरी- नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलको उपनेताबाट राजीनामा दिएर हिमाल कार्की केदार कार्की पक्षमा खुलेका छन्।

उपनेताबाट राजीनामा दिएर उनले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पुगेका हुन्। यसअघि कांग्रेसका ८ सांसदको हस्ताक्षर र एमालेका ३९ सांसदको समर्थनमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

कांग्रेसमा डा. शेखर कोइराला पक्षधरका ८ सांसदले मात्रै हस्ताक्षर गर्दा उता गठबन्धनबाट माओबादी इन्द्र आङ्बोले दाबी पेस गरेका थिए। तर, हिमाल कार्कीले दलको उपनेताबाट राजीनामा दिएर केदारकै पक्षमा खुलेका हुन्।

यसअघि कोशी प्रदेशसभाका ८ जना सांसदले दोहोरो हस्ताक्षर गरेपछि मुख्यमन्त्री नियुक्त गर्न अन्योल भएको छ।

कोशी : कांग्रेस संसदीय दलका उपनेताले दिए राजीनामा

कोशीमा ८ सांसदको दोहोरो हस्ताक्षरले मुख्यमन्त्री नियुक्त गर्न अन्योल

कोशीको मुख्यमन्त्रीमा एमाले-कांग्रेसबाट कार्की र माओवादी-कांग्रेसबाट आङ्बोको दाबी पेस

प्रकाशित: २५ असोज २०८० १९:१८ | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast