कोशी विवादबारे गगन थापाले भने : कांग्रेस एमालेकरण र माओवादीकरण हुन दिँदैनौँ

हिमाल प्रेस २६ असोज २०८० १६:४२ | Friday, October 13, 2023
कोशी विवादबारे गगन थापाले भने : कांग्रेस एमालेकरण र माओवादीकरण हुन दिँदैनौँ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई माओवादीकरण, एमालेकरण हुन नदिने बताएका छन्। आज शुक्रबार गोरखा पार्टीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले कोशी प्रदेश सरकारको राजनीतिक घटनाको प्रसंग निकाल्दै यस्तो बताएका हुन्।

उनले नयाँ पुस्ताको भविष्य कांग्रेसलाई बनाउने पनि दाबी गरे। ‘कांग्रेस पार्टीलाई माओवादीकरण हुन नदिने, एमालेकरण हुन पनि नदिने र कांग्रेसको राप्रपाकरण हुन पनि नदिने हो,’ उनले भने, ‘कांग्रेसलाई कांग्रेसजस्तै बनाउने हो, नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउँछौँ।’

महामन्त्री थापाले पार्टीमा व्यक्तिलाई केन्द्रमा राखेर राजनीति नगर्न पनि उल्लेख गरे। उनले पार्टीमा आफू कहिलेकाही घेराबन्दीमा पर्ने गरेको भन्दै पार्टीलाई विधिसम्वत् चलाउन लागिरहने बताए।

कोशी सरकार गठनको विषयमा कांग्रेसभित्र विवाद बढ्दो छ। कांग्रेसकै इतर समूहको नेतृत्व गरिरहेका डा.शेखर कोइराला र थापाबीच पनि पनि कोशीकै राजनीतिले सम्बन्ध चिसिएको छ। कोशीमा गठबन्धन दलले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन निर्णय गरेर र सोहीअनुसार दाबी पेस भएको छ। उता कांग्रेसकै कोइरालानिकट नेता केदार कार्कीले पनि एमालेसहितको समर्थन र कांग्रेसका ८ जनाको हस्ताक्षरसहित दाबी पेस गरेका छन्।

देउवा, गगन र विश्वलाई आक्रोशित शेखरको प्रश्न : पार्टी माओवादीलाई बुझाउन लागेको हो?

 

प्रकाशित: २६ असोज २०८० १६:४२ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast