काठमाडौँ- भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घूस रकमसहित रंगे हात पक्राउ परेका छन्। उनीहरूलाई अख्तियार अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले शुक्रबार १ लाख ५० हजार रुपैयाँ घूससहित पक्राउ गरेको हो।
घूसबापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित सुनसरीको इनरुवा नगरपालिका वडा नं ३ मालपोत चोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। अख्तियारले ट्र्यापमा पारेर उनीहरूलाई पक्राउ गरेको हो। नासु र खरिदारले सेवाग्राहीसँग घूस मागेको उजुरीपछि अख्तियारले ट्र्याप थापेको थियो।
                            प्रकाशित: १२ असोज  २०८० १७:२४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             

