पर्यटक दिवसमा लुम्बिनीमा पर्यटकलाई स्वागत

हिमाल प्रेस १० असोज २०८० ९:३१
6
SHARES
पर्यटक दिवसमा लुम्बिनीमा पर्यटकलाई स्वागत

लुम्बिनी- ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्वजन्मस्थल लुम्बिनीमा बुधबार बिहान पर्यटकलाइ स्वागत गरिएको छ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवी प्रवेशद्वारमा स्वागत गरेका हुन्।

पर्यटकलाइ स्वागत गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनीले विश्वशान्तिको केन्द्र भएको बताउदै लुम्बिनी भ्रमणका लागि आह्वान गरे।

उनले विश्व पर्यटन दिवसको अवसर विश्वले बुद्वजन्मस्थल लुम्बिनीलाई बौद्धमार्गीहरूको भ्रमण केन्द्रको सुरूवात बनाउन आग्रह गरे। लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपाललृ सशक्तरूपमा पर्यटकलाइ स्वागत गरेर दिवस मनाएका हुन्।

उक्त अवसरमा लुम्बीनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बरिष्ठ निर्देशक ज्ञानिन राई, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, कोषका सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई लगायतले पर्यटकलाई खादा र उपहार दिएर स्वागत गरेका थिए।

सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो।

लुम्बिनीमा पछिल्लो वर्ष पर्यटकहरू बढदै गएको सूचना तथा जनसम्पर्क अधिकृत डा। हरिध्वज राइले जानकारी दिए।

प्रकाशित: १० असोज २०८० ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =