चितवन र बुटवलमा सेगवेका नयाँ शोरुम

हिमाल प्रेस ८ असोज २०८० १८:४६
10
SHARES
चितवन र बुटवलमा सेगवेका नयाँ शोरुम

काठमाडौँ- सेगवे-नाइन बोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले चितवन र बुटवलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

कम्पनीले बुटवलको कालिका चोकमा र चितवनको भरतपुरस्थित हाकिम चोकमा शोरुम सञ्चालनमा ल्याएको हो। उक्त शोरुम सञ्चालनका लागि कम्पनीको बुटवलस्थित साझेदार लोक सुशीला मोटर प्रालि र भरतपुरको युनाइटेड अटो कन्सर्न प्रालिसँग सहकार्य गरिएको कम्पनीले जानकारी दिएको छ।

बुटवल र चितवनका शोरुमहरूमा एन–१००, ई–१००, ई–११० एल र ई–१२५ मोडलसहित सेगवेका उत्पादनहरू उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। ‘विस्तृत विकल्पहरूको प्रदर्शनीले ग्राहकलाई आफ्नो आवश्यकताअनुसार शीर्ष मोडेल छनोट गर्न सहज हुनेछ,’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ।

शोरुम उद्घाटनका अवसरमा कम्पनीले सेगवे ई–स्कूटरहरूको विशेष मूल्य तोकेको बताएको छ। शोरुमहरूबाट ग्राहकले सेगवेका नयाँ उत्पादन खरिद मात्र नभएर तिनका ब्याट्री रेन्टल, ब्याट्री स्वाप र तीव्र चार्जिङ सपोर्टलगायत सेवा लिन सक्ने कम्पनीको भनाइ छ।

प्रकाशित: ८ असोज २०८० १८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 15 =