सहरमा आज : रंगमञ्चमा चार नाटक, हलमा ६ फिल्म

सुस्मिता बजगाईं ६ असोज २०८० ६:३२
40
SHARES
सहरमा आज : रंगमञ्चमा चार नाटक, हलमा ६ फिल्म

काठमाडौँ- केही साता सुस्ताएको रंगमञ्च फेरि सक्रिय भएको छ। यो साता उपत्यकामा चारवटा नाटक मञ्चन भइरहेका छन्।  ‘म पनि मान्छे हुँ’, ‘वेडिङ एल्बम’, ‘ह बिन्दु राम पण्डित’ र ‘दमिनी भीर’ नाटक मञ्चन जारी छ। सहरमा सिद्धार्थ आर्टस् ग्यालरीमा एकल चित्रकला प्रदर्शनी भइरहेको छ। यस्तै हलहरूमा नेपाली, हिन्दी र अंग्रेजीका गरी छवटा फिल्म चलिरहेका छन्।

गुरुकुलमा ‘म पनि मान्छे हुँ’

थापागाउँस्थित आरोहण गुरुकुल (कुञ्ज थिएटर) मा नाटक ‘म पनि मान्छे हुँ’ मञ्चन भइरहेको छ। यो नाटक भारतीय लेखक विष्णु प्रभाकरको नाटक ‘मे भि मानभ हुँ’ को नेपाली अनुवाद हो। नाटक सरोज अर्यालले अनुवाद गरेका हुन्। सरोजकै परिकल्पना र निर्देशन रहेको नाटकमा माला आर्टस् एकेडेमीको प्रस्तुति छ।

युद्धकथामा आधारित नाटकमा बिम्ब अधिकारी, अङ्कित खड्का, सुष्मा निरौला, अभिषेक शर्मा राजोपाध्याय, सन्दीप डङ्गोल, एडन बात्री, मनीष व्याञ्जु, संस्कृति दुवाडी, सदिन लुइँटेललगायतको अभिनय छ।

असोज ५ गतेदेखि सुरु भएको नाटक असोज २० गतेसम्म मञ्चन हुनेछ। साताको प्रत्येक दिन सोमबारबाहेक साझ साढे पाँच बजे मञ्चन हुने नाटक शनिबार दिउँसो २ बजेको अतिरिक्त सो छ।

कौसीमा ‘वेडिङ एल्बम’

टेकुस्थित कौसी थिएटरमा नाटक ‘वेडिङ एल्बम’ मञ्चन भइरहेको छ। भारतीय रंगकर्मी गिरीश कर्नाडको नाटकलाई आकांक्षा कार्कीले नेपालीमा अनुवाद एवं निर्देशन गरेकी छन्।

नाटकमा निर्देशक कार्कीसहित लुनिभा तुलाधर, आशान्त शर्मा, सुदाम सीके, केनिपा सिंह पहारी, नवीनचन्द्र अर्याल, ऋषिकेश बस्याल, जीवन गौतम, निष्ठा त्रिपाठीलगायत कलाकारको अभिनय छ। असोज ४ गतेदेखि मञ्चन भएको नाटक असोज २७ सम्म चल्नेछ। नाटक प्रत्येक साता मंगलबारबाहेक साँझ सवा पाँच बजे र शनिबार दिउँसो एक बजे मञ्चन गरिनेछ।

शिल्पीमा ‘ह बिन्दु राम पण्डित’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा २७ गतेदेखि भैरव अर्यालको हास्यव्यङ्ग्य निबन्ध ‘ह बिन्दु राम पण्डित’ मा आधारित नाटक मञ्चन भइरहेको छ। नाटक असोज १३ सम्म चल्नेछ।

नाटकको नाट्य आलेख तथा निर्देशन बारत लिम्बूले गरेका छन्। नाटकमा कलाकार विकाश जोशी, श्रवनसिंह राना मगर, सवीर चुरौटे, मिल्सन राई, सविन कट्टेल, रोशन, उज्जल वातवा राई, सन्तोष गिरी, रोशन लोहोरुङ राई, सोनिल राई, सम्झना राई र क्षितिज सन्तोष माझी छन्।

नाटक हरेक दिन साँझ सवा पाँच बजे मञ्चन हुनेछ। साथै शनिबार दिउँसो १ बजे अतिरिक्त सो हुनेछ।

दमिनी भीर

भदौ २२ गतेदेखि थापागाउँस्थित मण्डला थिएटरमा ‘दमिनी भीर’ मञ्चन भइरहेको छ। नाटक ‘दमिनी भीर’ मा संक्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, जातीय पहिचानको मुद्दा, राजनीतिक आरोह–अवरोह र आन्दोलनको शिथिलताका कारण उत्पन्न निराशावादी जीवनदृष्टि प्रस्तुत गरिएको छ। रंगकर्मी इगिँहोपो कोइँच सुनुवारले नाटकको परिकल्पना र निर्देशन गरेका छन्।

नाटकमा किरण चाम्लिङ, पुनम थापा, सीता राई, रियर राई, सुजाता गुरुङ, सुजु सुनुवार किराती, प्रतिना राई, मणि कुलुङ राई, सोनाम लामा, कवि राई, शायोक मुकारुङलगायत कलाकारको अभिनय छ।

असोज १० गतेसम्म चल्ने नाटक राजन मुकारुङको उपन्यास ‘दमिनी भीर’ मा आधारित छ। यो उपन्यासले २०६९ सालमा मदन पुरस्कार पाएको थियो।

नाटक सोमबारबाहेक प्रत्येक दिन साँझ साढे पाँच बजे मञ्चन हुनेछ। शुक्रबार र शनिबार भने दिउँसो १ बजे अतिरिक्त सो पनि हुनेछ।

‘मुन्डन फ्रिक्सन टु सेल्फ फ्लो’

बबरमहलस्थित सिद्वार्थ आर्ट ग्यालरीमा ‘मुन्डन फ्रिक्सन टु सेल्फ फ्लो’ नामक चित्रकला प्रदर्शनी जारी छ। एकल प्रदर्शनीमा कलाकार उमेश श्रेष्ठले सन् १९१४ देखि २०२३ सम्म कोरेका तस्बिर छन्। तस्बिरमा युवा कलाकारदेखि स्थापित चित्रकारसम्मका यात्रा विवरण छ। भदौ २२ देखि सुरु भएको प्रदर्शनी असोज १२ सम्म चल्नेछ।

हलमा कुनकुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपालीमा ‘नाङ्गो गाउँ’, ‘एक भागवत र एक गीता’, बलिउडमा ‘द ग्रेट इन्डियन फ्यामिली’ र ‘जवान’ र हलिउड फिल्म ‘एक्पेन्डेबल्स ४’ र ‘द नन २’ प्रदर्शन भइरहेका हुन्।

एक भागवत र एक गीता

फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) भदौ २९ गतेदेखि प्रदर्शन भइरहेको छ। झरना थापा निर्देशित फिल्मका निर्माता सुनिलकुमार थापा हुन्। फिल्ममा विपिन कार्की, सुहाना थापा, धीरज मगर, कवीर खड्का, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, बालकलाकार जेभिस र जेभिन श्रेष्ठलगायत कलाकारको अभिनय छ।

राजेश श्रेष्ठको छायांकन र मित्र डी गुरुङको सम्पादनमा बनेको फिल्ममा हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, सीडीसी सिनेमाज, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म ‘एक भागवत र एक गीता’ चलिरहेको अन्य हल हुन्।

नाङ्गो गाउँ

भदौ २९ गतेदेखि फिल्म ‘नाङ्गो गाउँ’ प्रदर्शनरत छ। फिल्म राजनीति विषयवस्तुमा आधारित छ। फिल्मका कलाकार दयाहाङ राई र शिशिर बाङ्देलको चुनावी प्रतिस्पर्धा फिल्मको कथा बनेको छ। फिल्ममा अन्य कलाकार मिरुना मगर, कार्म शाक्य, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरीलगायत छन्।

दीपेन्द्र लामाले पटकथा लेखन र निर्देशन गरेको फिल्म आलोक शुक्लाको छायांकन, बनिश शाहको सम्पादन र जय श्रेष्ठको निर्माणमा बनेको छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल र दरबार सिनेम्याक्समा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, सीडीसी सिनेमाज, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स, क्यूज सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स र अष्टनारायण हलमा फिल्म ‘नाङ्गो गाउँ’ चलिरहेको छ।

द ग्रेट इन्डियन फ्यामिली

असोज ५ गतेदेखि बलिउड फिल्म ‘द ग्रेट इन्डियन फ्यामिली’ नेपालमा प्रदर्शन भइरहेको छ। विजय कृष्ण आचार्य निर्देशित फिल्म विक्की कौशल, मानुषी छिल्लर, कुमुद मिश्रा, भुवन आरोरालगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्समा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बीएसआर मुभिज, क्यूज सिनेमाज, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स,आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टरमा बलिउड फिल्म ‘द ग्रेट इन्डियन फ्यामिली’ चलिरहेको छ।

जवान

बलिउड फिल्म ‘जवान’ भदौ २२ गतेदेखि नेपाली हरुहरुमा प्रदर्शन भइरहेको छ। एट्लीको निर्देशनमा बनेको फिल्ममा बलिउड सुपरस्टार शाहरुख खान, नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। एक्सन र थ्रिलर जनरामा बनेको फिल्म जिके विष्णुको छायांकन, रूबेनको सम्पादनमा बनेको छ। फिल्ममा गौरी खानले लगानी गरेका छन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर, भाटभटेनी भक्तपुर र सिभिल मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सीडीसी सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, क्यूज सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स र अष्टनारायण हलमा बलिउड फिल्म ‘जवान’ चलिरहेका हल हुन्।

एक्पेन्डेबल्स ४

हलिउड फिल्म ‘एक्पेन्डेबल्स ४’ असोज ५ गतेदेखि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ। थ्रिलर, एक्सन र एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक स्कट वा हुन्। फिल्ममा जेसन स्टाथम, फिफ्टी सेन्ट, मेगन फक्सलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्समा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, क्यूज सिनेमाज, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स, अष्टनारायण हलमा हलिउड फिल्म ‘एक्पेन्डेबल्स ४’ प्रदर्शनरत छ।

द नन २

भदौ २२ गतेदेखि नेपाली हलहरुमा हलिउड फिल्म ‘द नन २’ प्रदर्शन भइरहेको छ। हरर र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक माइकल चेभ्स हुन्। फिल्ममा टाइसा फार्मिगा, अन्ना पोपलवेल, बोनी आरोन्स, स्ट्रोम रिड, कटलिन रोड राउनीलगायत कलाकारको अभिनय छ।

आज उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, छाया सेन्टर र लबिम मलमा फिल्मको सो छ। अन्य हल एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिजमा हलिउड फिल्म ‘द नन २’ प्रदर्शनरत छ।

प्रकाशित: ६ असोज २०८० ६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =