गाउँको राजनीति झल्किने ‘नाङ्गो गाउँ’को टिजर

हिमाल प्रेस ९ साउन २०८० १३:१०
16
SHARES
गाउँको राजनीति झल्किने ‘नाङ्गो गाउँ’को टिजर

काठमाडौँ- फिल्म ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक गरिएको छ। दुई मिनेट ४५ सेकेन्डको टिजरमा राजनीतिले गाउँ नांगो बनाएको प्रसंग छ। फिल्ममा कलाकार दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। अन्य कलाकार शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म शाक्य, कमलमणि नेपाल, रविन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, सविन बास्तोला लगायतको अभिनय छ।

दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म जय श्रेष्ठ निर्माण गरेका छन्। फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन्। कमेडी, पारिवारिक र राजनीतिक विषयवस्तुमा बनेको फिल्म आलोक शुक्लाको छायांकन, बनिश शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफीमा बनेको छ।

फिल्ममा दयाहाङ एक इमानदार शिक्षक रहेको कथा रहेको छ। गाउँको चुनावलाई टिजरमा देखाइएको छ। टिजरमा शिशिर बाङ्देल पनि चुनावका बेला गाउँ छिरेका नेता जस्ता देखिन्छन्। उनी गाउँ छिर्ने र जनतालाई लोभलालच देखाएर चुनाव जित्ने गरेको टिजरमा झल्किन्छ।

इमानदार दयाहाङलाई चुनाव लड्न आग्रह गरिएको देखिन्छ। फिल्ममा दयाहाङ र मिरुना पतिपत्नीको भूमिकामा छन्। यता साम्राज्ञी र कार्मबीच प्रेमीप्रेमिकाको भूमिकामा छन्। टिजरले चुनावमा भ्रष्ट नेताले कसरी चुनाव जित्छ भन्ने देखाउन खोजिएको छ। फिल्म भदौ २९ गते देशभर प्रदर्शन हुनेछ।

प्रकाशित: ९ साउन २०८० १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =