धमाधम बन्दै काठमाडौँमा द्रुत सेवाको ‘डेडिकेटेड लेन’

हिमाल प्रेस २ असोज २०८० १७:११
12
SHARES
धमाधम बन्दै काठमाडौँमा द्रुत सेवाको ‘डेडिकेटेड लेन’ तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौँ- काठमाडौँ र भक्तपुरका विभिन्न क्षेत्रमा अहिले द्रुत बस सेवाका लागि ‘डेडिकेटेड लेन’ बनाउन थालिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारको द्रुत बस सेवा सञ्चालन गर्ने योजनाअनुसार बुधबारबाट सञ्चालन गर्न लागिएको रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको हो।

त्यसका लागि यातायात व्यवस्था विभागले ‘रेड मार्क’ लगाइरहेको छ। सम्बन्धित जिल्लाका सडक डिभिजन कार्यालयमार्फत डेडिकेटेड लेनका लागि रेड मार्क भइरहेको हो। दिउँसो भीडभाड हुने भएकाले धेरै काम राति भइरहेको पनि उनले जानकारी दिए।

केही ठाउँमा दिउँसो पनि काम भइरहेको छ। अहिले रत्नपार्क, माइतीघर, बानेश्वरलगायत क्षेत्रमा रेड मार्क गरिसकिएको छ। सरकारले बुधबार संविधान दिवसको दिन पारेर उक्त द्रुत बस सेवा सुरु गर्न लागेको हो।

सुरुमा दुईवटा बस चल्ने बताइएको छ। बुधबार रत्नपार्कमा सेवा उद्घाटन गर्ने तयारी रहेको छ। द्रुत सेवाका लागि २५ वटा बस सञ्चालनमा ल्याउने योजना छ। उक्त सेवाका लागि ट्राफिक प्रहरीहरू परिचालन गरेर लेन खाली गरिनेछ। ट्राफिक प्रहरीले अब बसको ओहोरदोहोरमा व्यवस्थापन गर्न उक्त लेनमा अन्य सवारी चल्न नदिने भएको छ।

प्रकाशित: २ असोज २०८० १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =