नाडामा रोयल इनफिल्डको कम्प्याक्ट रोडस्टर हन्टर ३५० सार्वजनिक

हिमाल प्रेस २७ भदौ २०८० १७:१२
14
SHARES
नाडामा रोयल इनफिल्डको कम्प्याक्ट रोडस्टर हन्टर ३५० सार्वजनिक

काठमाडौँ- नाडा अटो शोमा रोयल इनफिल्डको कम्प्याक्ट रोडस्टर हन्टर ३५० मोटरसाइकल सार्वजनिक गरिएको छ। उक्त मोटरसाइकल रोयल इनफिल्डको सबैभन्दा सस्तो र स्टाइलिस रहेको कम्पनीको दाबी छ।

नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको अधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले हन्टर ३५० को सुरुवाती मूल्य ४ लाख ५९ हजार रूपैयाँ निर्धारण गरेको छ। हन्टर ३५० दुई फरक भेरियन्ट रेट्रो हन्टर र मेट्रो हन्टर गरी सार्वजनिक गरेको छ।

विभिन्न ८ कलरमा उक्त मोटरसाइकल उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार हन्टर रेट्रो यसको वेस भेरियन्ट हो। यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक पाउन सकिन्छ।

बेस भेरियन्टमा बेसिक इन्स्ट्रुमेन्ट क्लस्टरमात्रै रहेको कम्पनीको भनाइ छ। रोयल इनफिल्डले हन्टरमा पनि ३५० सीसी क्षमताकै इन्जिन दिएको छ। कम्पनीले मेटियर ३५० कै समान प्लेटफर्ममा हन्टर ३५० उत्पादन गरेको हो।

रोयल इनफिल्डको नयाँ प्लेटर्फम जे सिरिजको इन्जिन हन्टरमा उपलब्ध छ। हन्टरमा रहेको ३४९ सीसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एयर एण्ड आयल कुल्ड इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ हर्सपावर र ४००० आरपीएममा २७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ। यो इन्जिनसँग ५ स्पीडको गियरबक्स उपलब्ध छ।

प्रकाशित: २७ भदौ २०८० १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =