
काठमाडौँ– नेपाली कांग्रेस कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मिति परिवर्तन गरिएको छ। यसअघि असोज २ गते बस्ने भनिएको बैठक ४ गते दिउँसो १ बजे बस्न लागेको हो।
‘बैठक २०८० असोज ४ गते दिउँसो १ बजे बस्ने भएको छ’, पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।
प्रकाशित: २७ भदौ २०८० १५:२७
प्रतिक्रिया