छायांकनमा ‘रङ्गेली’

हिमाल प्रेस २६ भदौ २०८० १५:१४
छायांकनमा  ‘रङ्गेली’

काठमाडौँ- फिल्म ‘रङ्गेली’ को छायांकन सुरू गरिएको छ। मोरङस्थित काली मन्दिरमा शुभमुहूर्त र सुनसरीको इटहरीबाट फिल्मको छायांकन सुरू गरिएको हो।

फिल्म मोरङको रङ्गेलीसहित पूर्वको कर्सिया, कटहरी, विराटनगर र विर्तामोडमा छायांकन हुने निर्माण टिमले जानकारी दिएको छ। फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा, रविन बोगटीलगायत कलाकारको मुख्य भूमिका रहनेछ।

अर्जुन सुवेदी निर्देशक रहेको फिल्मका निर्माता संसार चौलागाईं र रमेश भट्टराई हुन्। फिल्मको कथा निर्देशक सुवेदी स्वयंले लेखेका छन्। फिल्ममा जीतेन्द्र खतिवडा र अनुजजंग थापा कार्यकारी निर्माता छन्।

त्यस्तै युवक कार्की र शिव थपलिया फिल्मका सहनिर्माता हुन्। सुसन प्रजापतिको छायांकनमा फिल्म प्लानेट थ्री फिल्म्स् एण्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा निर्माण हुनेछ। फिल्म आगामी फागुन २५ देखि प्रदर्शन गरिनेछ।

प्रकाशित: २६ भदौ २०८० १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seven =