‘कांग्रेसका सांसदले प्रहरीका डीएसपीलाई मार्छु भन्दा सरकार तमासा हेरेर बसेको छ’

हिमाल प्रेस २५ भदौ २०८० १७:५३
216
SHARES
‘कांग्रेसका सांसदले प्रहरीका डीएसपीलाई मार्छु भन्दा सरकार तमासा हेरेर बसेको छ’ केपी शर्मा ओली।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले कोशी प्रदेशका नेपाली कांग्रेस सांसदहरूलाई कारबाही गर्न माग गरेका छन्। सोमबार तेजाब आक्रमणविरुद्ध पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ताप्लेजुङमा कांग्रेस सांसदले नेपाल प्रहरीका डीएसपी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिने सांसद खगेनसिंह हाङगाममाथि कारबाही गर्न माग गरेका हुन्। गत शुक्रबार उनले डीएसपी राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका थिए।

‘असामाजिक,अमानवीय र गैरकानूनी काममा साथ दिन सक्दिनँ भन्दा शान्ति सुव्यवस्था र एकताको पक्षमा कुरा गर्दा त्यो सहन नसकेर तिमीलाई त बाँकी राख्दिनँ तिम्रा बालबच्चा र घरपरिवारलाई पनि मार्छु भन्नु आतंकवादबाहेक केही होइन,’ उनले भने, ‘सरकार आफैँले यस्ता अपराध बढाइरहेको छ। सपरिवार मार्छु भनेको छ,त्यस्ता मान्छेलाई नियन्त्रणमा लिइन्‍न। सरकार तामासा हेरेर बस्छ।

त्यस्तै ओलीले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पनि सरकारले नै संरक्षण दिएको आरोप लगाए। ओलीले नामै लिएर अपराधीहरूले दिनदहाडै खुकुरी प्रहार गर्दा पनि सरकार कानमा तेल हालेर बसेको आरोप लगाए।

उनले सम्मानित ढंगले बाँच्न पाउनुपर्ने अधिकार खोस्न उद्धत हुने प्रवृति हाबी हुँदासमेत सरकार मूकदर्शक बनेको उनको आरोप छ।​ अध्यक्ष अ‍ोलीले संसदमा समेत हिंसालाई प्रोत्साहन गर्ने, झुट कुरा बोल्ने, असभ्यता प्रकट गर्ने कुराहरू हुने गरेको बताए।

‘अस्ति यहाँ खुकुरी हान्ने मान्छेले त माइतीघर मण्डलामा खुकुरी हान्छु भनेकै थियो त। पहिले नै खुकुरी हान्छु भनेको थियो । लात्ती हान्छु भनेर खुट्टा उचालेको थियो। मान्छेहरूको नाम लिई लिई काट्छुभन्दा सरकार कानमा तेल हालेर बसेको थियो? उनले भने, ‘हाम्रो देश सभ्य समाजको रूपमा रहेका छौँ। एकछिनको राजनीतिक फाइदाका लागि आतंककारी क्रियाकलापहरूलाई प्रोत्साहित हुने, अराजकतालाई ढाकछोप गर्ने खालका कुराहरू । संसदमा समेत हिँसालाई प्रोत्साहन गर्ने, झुट कुरा बोल्ने, असभ्यता प्रकट गर्ने कुराहरू हुने गरेका छन्। राजनीतिक पार्टीहरू सचेत हुनुपर्छ।’

प्रकाशित: २५ भदौ २०८० १७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =