लुम्बिनी विकास बैंकद्वारा विद्यालयलाई सहयोग हस्तान्तरण

हिमाल प्रेस २५ भदौ २०८० १२:३९
लुम्बिनी विकास बैंकद्वारा विद्यालयलाई सहयोग हस्तान्तरण

काठमाडौँ- लुम्बिनी विकास बैंक लिमिटेड देविघाट शाखाले नुवाकोटमा रहेका विभिन्न विद्यालयमा सहयोग हस्तान्तरण गरको छ।

विदुर नगरपालिका वडा नं. ३ स्थित रणभूवनेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ। वडा नं. ५ स्थित शहीद जगत प्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयमा बालकक्षाका विद्यार्थीहरुको शारीरिक, मानसिक एवं बौद्धिक विकासका लागि १ थान खेलकुदको सामग्री वितरण गरेको छ। त्यसका साथै बेलकोटगढी नगरपालिका वडा नं. ८ स्थित कल्याणीदेवी माध्यमिक विद्यालयको लागि १ थान कलर प्रिन्टर सहयोग गरको छ।

प्रकाशित: २५ भदौ २०८० १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =