अखिल क्रान्तिकारीको सुल्झियो समस्या, समानान्तर कमिटी भंग

हिमाल प्रेस २५ भदौ २०८० ११:४९
12
SHARES
अखिल क्रान्तिकारीको सुल्झियो समस्या, समानान्तर कमिटी भंग

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विवाद लामो समयपछि मिलेको छ। अध्यक्ष पन्चा सिंहप्रति असन्तुष्ट हुँदै समानान्तर कमिटी गठन गरेका पवन कार्की ‘व्याक’ भएसँगै सहमति भएको हो।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएसँगै अखिल क्रान्तिकारीभित्रको विवाद अन्त्य भएको हो।

क्रान्तिकारीका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले नीतिगत सहमतिको प्रस्ताव प्रस्तुत गरेका थिए । नीतिगत सहमति भएसँगै क्रान्तिकारीभित्रको विवाद हल भएको फ्रयाक्सन इन्चार्ज शर्माले बताए।

क्रान्तिकारीको २१ औं सम्मेलनमा क्रान्तिकारीमा संगठनात्मक समस्या रहेको आरोप लगाउँदै उपाध्यक्ष पवन कार्की नेतृत्वको समूहले समानान्तर गतिविधि गर्दै आएका थिए।

आठ बुँदे सहमतिमा विद्यामान केन्द्रीय समितिलाई पदाधिकारी कायम राखी २३ औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा रूपान्तरण गर्ने, आयोजक समितिमा पदाधिकारी विस्तार गर्ने लगायत सहमतिका आधारहरू प्रस्तुत गरिएको छ।

यस्ता छन् सहमतिका ८ बुँदाहरू

प्रकाशित: २५ भदौ २०८० ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =