घटेन आत्महत्याको दर

हिमाल प्रेस २४ भदौ २०८० १७:३५
46
SHARES
घटेन आत्महत्याको दर

सुर्खेत– नेपालमा आत्महत्याको दर बढिरहेको पाइएको छ। नेपालमा आर्थिक वर्ष २०७९∕०८० मा ६ हजार नौ सय ९३ जनाले आत्महत्या गरेका थिए। तिनमा सबैभन्दा धेरै पुरुष ३ हजार नौ सय ४२ जना छन् भने महिला २ हजार २ सय ५६ जना, बालक २ सय ६६ र बालिका ५ सय २९ छन्।

आर्थिक वर्ष २०७८ ∕०७९ मा ६ हजार ८ सय ३० जनाले आत्महत्या गरेका थिए।

यस्तै कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७९ ∕०८० मा २७३ जनाले आत्महत्या गरेका थिए। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार सुर्खेतमा आयोजित पत्रकार तथा सरोकारवालाहरूबीचको अन्तरसंवादमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।

‘आशा जगाऔँ जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ सामाजिक विकास मन्त्रालयले उक्त कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सार्वजानिक गरिएको तथ्यांकअनुसार कर्णाली प्रदेशका जिल्लामध्ये सुर्खेतमा आत्महत्या गर्नेको संख्या सबै भन्दा धेरै १०९ छ। दैलेखमा ४४, जाजरकोटमा १९, रुकुमपश्चिममा २८, सल्यानमा ४५, जुम्लामा ६, हुम्लामा ६, मुगुमा ४, १२ जनाले आत्महत्या गरेका छन् भने डोल्पामा आत्महत्या गर्नेको संख्या शून्य छ।

आत्महत्या व्यक्तिको कमजोरीका कारण नभएर अनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, पारिवारिक वातावरण तथा अन्य जोखिमका कारण हुने विज्ञहरूको भनाइ छ। आत्महत्या गर्नेमा सबै भन्दा धेरै १५-२९ वर्ष उमेर समूहका रहेको सामाजिक विकास मन्त्रालयका कम्युनिटी नर्सिङ अधिकृत कविता खत्रीले जानकारी दिइन्।

प्रकाशित: २४ भदौ २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =