डा. शम्भु आचार्यका पक्षमा लबिङ गरेर फर्किए स्वास्थ्यमन्त्री बस्नेत

हिमाल प्रेस २४ भदौ २०८० ११:४१
4
SHARES
डा. शम्भु आचार्यका पक्षमा लबिङ गरेर फर्किए स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्टको कायरोमा सम्पन्न जनसंख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन्। कायरोमा भदौ १९ देखि २२ गतेसम्म जनसंख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मन्त्री बस्नेत गत सोमबार त्यसतर्फ गएका थिए।

स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बस्नेतले मन्त्री बस्नेतले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आगामी महिना हुने दक्षिण पूर्वीएसिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बनेका नेपालका जनस्वास्थ्य विज्ञ डा. शम्भु आचार्यका पक्षमा नेपाल सरकारका तर्फबाट सरोकारवाला देशका स्वास्थ्य मन्त्रीहरूसँग लबिङ गरेको जानकारी दिए।

यसैगरी मन्त्री बस्नेतले कायरोमा सम्पन्न सम्मेलनमा जनसंख्या बसाइँ सराइ र अव्यवस्थित बसोबासका कारण स्वास्थ्यमा परिरहेको समस्या र ती समस्या समाधानका उपायबारे बृहत् छलफल भएको जानकारी दिए।

आचार्यले क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट उम्मेदवारी दिएका छन्। उनी ३० वर्षदेखि विश्व स्वास्थ्य संगठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्त्वपूर्ण जिम्मेवारीमा रही काम गर्दै आएका व्यक्तित्व हुन्।

दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपालसहित ११ राष्ट्र छन्। उक्त पदमा नेपालबाट आचार्यसँगै बंगलादेशबाट पनि उम्मेदवारी परेको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयले क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारी दर्ता गराउँदै नयाँदिल्ली, ढाका, कोलम्बो र बैंककमा रहेका नेपाली राजदूतावासलाई समर्थन जुटाउनका लागि पत्राचारसमेत गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =