ट्रेड युनियन अधिकारबारे भइरहेको व्यवस्था परिवर्तन हुँदैन : प्रधानमन्त्री

हिमाल प्रेस २२ भदौ २०८० ११:२६
4
SHARES
ट्रेड युनियन अधिकारबारे भइरहेको व्यवस्था परिवर्तन हुँदैन : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रेड युनियन अधिकारको अहिले भइरहेको व्यवस्थालाई कुनै परिवर्तन नगरेको प्रस्ट पारेका छन्।

शुक्रबार २० औं निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो विश्वास दिलाएका हुन्।

उनले संघीय निजामती सेवा विधेयक हिजो मात्रै मन्त्रिपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको भन्दै राजनीतिक दलहरुबीच सहमतिबाट उक्त विधेयक यथाशक्य छिटो पारित हुने विश्वास समेत व्यक्त गरे।

‘यहाँ ट्रेड युनियन अधिकारको कुरा उठ्यो, हामीले अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन गरेका छैनौ’, प्रचण्डको भनाइ छ। यद्यपि उनले प्रशासनलाई बलियो बनाउने संहिताबारे भने सबैले विचार गर्नुपर्ने आवश्यकता रहेको बताए।

प्रकाशित: २२ भदौ २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =