माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु, ४ जना नियन्त्रणमा

हिमाल प्रेस २२ भदौ २०८० १०:३७
8
SHARES
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु, ४ जना नियन्त्रणमा प्रतिनिधिमूलक तस्बिर

पोखरा- स्याङ्जाको रसखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा वालिङ नगरपालिका वडा ६, आमडालीका ३६ वर्षीय यमबहादुर थापा हुन् ।
बिहीबार दिउँसो २ बजेतिर उनलाई माछा मार्नेक्रममा करेन्ट लागेको थियो।

उनीसहित खोलामा गएका ४ जनालाई प्रहरीले माछा मार्न प्रयोग हुने तार, रड र बाँसको भाटासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

पक्राउ पर्नेमा वालिङ ६ थापाडाँडाका ३६ वर्षीय तिलबहादुर थापा क्षत्री, पाल्पाको रामपुर १० का ३७ वर्षीय दीपेन्द्र अधिकारी, पर्वतको पैयुँ घर भइ हाल वालिङको तारादेवी ब्लक उद्योगमा कार्यरत २० वर्षीय अनिल चौधरी र कञ्चनपुरको बेलौरी ६ घर भइ हाल वालिङमा ब्लक उद्योगमा काम गर्ने ६० वर्षीय बलदेव राना हुन्।

घटनाको अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक पावलसिंह लामाले बताए।

प्रकाशित: २२ भदौ २०८० १०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 1 =