जी-२० सम्मेलनलाई पुटिनले भिडियो सम्बोधन पनि नगर्ने

हिमाल प्रेस २१ भदौ २०८० २१:४२
10
SHARES
जी-२० सम्मेलनलाई पुटिनले भिडियो सम्बोधन पनि नगर्ने

मस्को- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतको नयाँ दिल्लीमा हुने जी-२० शिखर सम्मेलनमा भिडियो सम्बोधन गर्ने योजना नबनाएको क्रेमलिनले बिहीबार जानकारी गराएको छ।

गत वर्ष बालीमा भएको शिखर सम्मेलनमा युक्रेनमा जारी द्वन्द्वका कारण मस्को र पश्चिमा मुलुकबीच तनावपूर्ण सम्बन्ध रहेका बेला यो बैठक हुन लागेको हो।

के पुटिनले छुट्टै भिडियो सम्बोधन गर्नुहुनेछ भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘होइन, कुनै योजना छैन।’ उनले सबै कामको नेतृत्व रूसी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका विदेशमन्त्री सर्गेइ लाभरोभले गर्ने बताए।

दक्षिण अफ्रिकालाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको वारेन्टअन्तर्गत पुटिनलाई पक्राउ गर्न बाध्य पार्ने कि नगर्ने भन्ने विवादपछि जोहानेसबर्गमा अगस्टमा भएको ब्रिक्स बैठकमा पनि लाभरोभले रूसको प्रतिनिधित्व गरेका थिए।

अन्त्यमा पुटिनले भिडियोमार्फत सम्बोधन गरेका थिए। जसमा उनले युक्रेनमा जारी द्वन्द्वका लागि पश्चिमा मुलुकलाई दोषी रहेको आरोप लगाएका थिए। अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा पुटिनको निमन्त्रणाले केही पश्चिमा राष्ट्रहरूलाई आक्रोशित बनाएको छ। उनीहरूले पुटिनलाई युक्रेनमा मस्कोको गतिविधिको विरोधमा प्रस्तुत गर्न खोजेका छन्। रासस/एएफपी

प्रकाशित: २१ भदौ २०८० २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =