हामी सरकारमा जाने हल्ला मात्रै : राप्रपा

हिमाल प्रेस २१ भदौ २०८० ६:५४
2
SHARE
हामी सरकारमा जाने हल्ला मात्रै : राप्रपा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर राणाले राणाले आफूहरू सरकारमा जाने कुरा हल्ला मात्रै रहेको दाबी गरेका छन्।

राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘हामी सरकारमा जाने हल्ला मात्रै हो। यो आरोप लागेको छ। यसमा कुनै सत्यता छैन। हामीले संसदीय समितिको सभापति पाएकोले यो हल्ला उठेको हो। हामीले पनि संसदीय समितिको सभापति लिने क्रममा बार्गेनिङ त गरेको छैन? भनेर पनि नेतासँग सोध्यौँ। तर, उहाँहरूले त्यस्तो नभएको बताउनुभयो । समिति भनेको संसद्को हो । एउटा समितिको सभापति पाएको हो ।’

उनले संघ र प्रदेश कतै पनि आफ्नो पार्टी सरकारमा सहभागी नजाने स्पष्ट पारे। उनले भने,‘हामीले अहिले सरकारमा जाने गरी छलफल गरेको पनि छैन । जाने मनस्थितिमा पनि छैनौँ ।’

प्रकाशित: २१ भदौ २०८० ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =